अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ – कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७६ पुष १९ गते २:२१ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी सभापतिको कार्यशैलीप्रति आफु सहमत नरहेको उल्लेख गर्दै उहाँले आफ्नो तर्फबाट प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाएपछि मात्रै पार्टी एक हुने स्पष्ट पार्नुभयो । नेता पौडेलले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाउनुभयो । पौडल समूहको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।

पार्टीमा देखिएको समस्या समाधानका लागि आफूले पेस गरेका ९ बुँदे एजेन्डामा छलफल नगरी एकलौटी निर्णय गरिएको पौडेलले बताउनुभयो । जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने उहाको भनाई थियो । नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको पौडेलले बताउनुभयो । देशलाई भ्रष्टचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने उहाको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू