अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

निजगढ विमानस्थलको विकल्प छैन – लगानी बोर्ड

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:०८ मा प्रकाशित

लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमास्थलको विकल्प नभएको स्पष्ट पारेको छ । विमानस्थल देशको आवश्यकता भएकाले विवादित नबनाउन बोर्डले आग्रह गरेको हो । लगानी सम्मेलनको उपलब्धिबारे जानकारी गराउन बोर्डले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विमानस्थल निर्माण गर्दा काटिनुपर्ने रुख अन्यत्र रोप्न सकिने भन्दै विवादित बनाउन नहुने बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२७ सम्म साँघुरिने प्रतिवेदन रहेको भन्दै निजगढ विमानस्थल बनाउनुको विकल्प नभएको उहाको भनाई थियो । विमानस्थलको आरएफपी अन्तिम चरणमा रहेको उहाँले जानकारी गराउनुभयो ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि भारतको जीएमआरसँग भएको परियोजना विकास सम्झौता (पीडीए) जीवित रहेको जनाएको छ । सरकारसँग भएको सहमतिअनुसार गत असोज ३ गते नै जीएमआरले लगानीको सुनिश्चितता गरिसक्नुपर्ने थियो । जीएमआरले बंगलादेशसँग ऊर्जा खपतसम्बन्धी सम्झौता गरिसकेको औपचारिक जानकारी बोर्डलाई गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू