अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो – सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:१३ मा प्रकाशित

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ । उहाँले तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गर्नुभयो ।

’३६ वटा बुँदा संशोधन भएको नहेर्ने अनि आफूलाई के लागेको छ, त्यहीप्रचार गरेर भ्रमसिर्जना गर्न खोज्ने? त्यस हिसाबले समाचारहरु पनि आएका छन्,’ सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ’ नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरुदर्ता गर्नेपर्छ।प्रत्येकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको छ। ’ उहाँले बजारको हल्लाको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह समेत गर्नुभयो ।

यसैगरी, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको मन्त्री बाँस्कोटाले प्रष्ट पार्नुभयो । कानून विपरीत नभए कसैलाई पनि कारबाही नहुने उहाको भनाई थियो । बास्कोटाले समाजिक सञ्जालमा लेखे बापत १५ लाख रुपैयाँ र ५ वर्ष कैद सम्बन्धमा लेख्नु कुनै अपराध नभएको दाबी समेत गर्नुभएको छ ।

धारा ८८ मा उप धारा १ मा सार्वभौमसत्ताको विरुद्ध गएमा, सम्प्रदायिक खलल आदि गरेमा जरिवाना हुने उहाँले उल्लेख गर्नुभयो । स्वतन्त्रता छ भनेर सबैलाई जे पनि गर्न, जे पनि लख्न र व्यक्तिगत रुपमा लक्षित भएर गाली नगर्न उहाँले सवैलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले राजनीतिमा विरोध गर्न मज्जाले पाइने तर तथ्यपरक विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू