अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

बाजुराको कालडाँडामा जिप दुर्घटना – ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:०९ मा प्रकाशित

बाजुराको कालडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से ज १ १०६४ नम्बरको जिप वडा नम्बर ७ बाधुको कालडाँडाभिरबाट कर्णाली नदीमा खसेको थियो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेको उद्धार भइसकेको छ । जिप नदीमा डुबेको छ । जिप नदीमा डुबेकोले दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार तथा शवको व्यवस्थापनको लागि घटनास्थलतर्फ सुरक्षाकर्मी पचिालन गरिसकिएको बाजुरा प्रहरी प्रमुख उद्धव सिं भाटले जानकारी दिनुभयो । दुर्घटनास्थल पिलिचौर इलाका प्रहरी कार्यालयबाट आधा घण्टाको दूरीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय