अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

जनमोर्चाले राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दिने

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:२६ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी र प्रदेश नम्बर पाँचमा भाग लिने भएको छ । बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा शंकर बराल र प्रदेश नम्बर ५ मा शिव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

१८ राष्ट्रिय सभा सदस्य चयनका लागि माघ नौ गते निर्वाचन हुँदैछ । जनमोर्चाले बैठकले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता माथि गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ । महंगी, करवृद्धि, भ्रष्ट्राचार व्यापक रुपमा वृद्धि बढेको र सरकारले सही प्रकारले काम गर्न नसकेको बैठकको समीक्षा छ । संघीयताका गम्भीर दुष्परिणाम सतहमा आएकाले यसलाई खारेज गर्नुपर्ने जनमोर्चाको ठहर छ ।

संगठन विस्तारका लागि पार्टी अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय संगठन विस्तार परिचालन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू