अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

प्रधानमन्त्रीमा टिक्न नभई देश बन्नुपर्छ भनेर काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको दाबी गर्नुभएको छ । ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको तपाईको लक्ष्य के थियो ? भन्ने प्रश्नमा ओलीले समयक्रम अनुसार लक्ष्य परिर्वतन हुँदै गएको सुनाउनुभयो ।

दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको प्रधानमन्त्रीले बताउनुभयो । त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरु नै ठूलो र जानकार मान्छे भएकाले आफूले गुरुजस्तै पढेलेखेको विद्धान बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाउनुभयो । पञ्चायती तानाशाह विरुद्ध लड्दा मर्न परे मर्छु, जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको उहाँले सुनाउनुभयो ।

जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भन्ने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने उहाँले बताउनुभयो । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उहाँले सुनाउनुभयो ।

तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै अहिले प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नभइ देश बन्नुपर्छ भनेर काम गरिरहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू