अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी रिजाल अख्तियारको नियन्त्रणमा

बिआरटीनेपाल २०७६ पुष १५ गते ९:०१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । नेपाल सरकारका उपसचिवसमेत रहेका रिजाललाई आयोगले मंगलबार नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका रिजाललाई मंसिर तेश्रो साता दोलखा प्रजिअबाट हटाइएको थियो । सो अभियोग लाग्ने वित्तिक्कै उनलाई गृहमन्त्रालय तानिएको थियो । दोलखा प्रजिअबाट हटाएर गृहमन्त्रालय तानिएलगत्तै उनलाई आयोगले निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना त्यसबेला विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू