अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

नेकपाले सभामुख छान्न सकेन, संसद बैठक पुस २७ गतेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:५२ मा प्रकाशित

सत्तारुढ नेकपाले नयाँ सभामुखको टुंगो नलगाउन नसकेपछि संसद बैठक फेरि सरेको छ । भोलि (बुधबार) एक बजेका लागि बोलाइएको बैठक पुस २७ गते एक बजेसम्मका लागि स्थगित भएको हो । संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पुर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुखको टुंगो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड मंगलबार बिहानैदेखि छलफलमा जुट्नुभएको थियो । दुईअध्यक्षबीचको छलफलले सभामुख चयनको टुंगो लगाउन नसकेपछि संसद बैठक नै धकेलिएको हो । सभामुखमा नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीले पाउने भन्नेमा तीव्र विवाद छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू