अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

पोखरा सडक महोत्सवले लेकसाइड भरिभराउ, नयाँ वर्षको स्वागत गरिंदै

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३६ मा प्रकाशित

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवस्थल लेकसाईड नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरुले भरिभराउ भएको छ । लेकसाइका सडक देखी होटलहरु पर्यटकहरुले खचाखच भरिएका छन् । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तान्ने गरेको छ ।

सड्क महोत्सव र नयाँ बर्षको अवसरमा लेकसाइडकोे साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झै सिंगारीएको छ । महोत्सवका प्रमुख आकर्षणहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको साँस्कृतीक प्रस्तुति, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको प्रचार प्रसार संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो ।

महोत्सवको आजको बिशेष आकर्षण अन्तरगत लाईभ कन्सर्ट तर्फ राजु लामा मंगोलियन हार्ट र कर्मा व्याण्डको प्रस्तुतीमा नयाँ वर्ष २०२० लाई स्वागत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू