अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

पोखरा सडक महोत्सव जारी

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:४२ मा प्रकाशित

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा भएको मेला भर्न जाने दर्शकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । आइतबार दिऊसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका छन् ।

आइतबार दिऊसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिए भने साझँ लाइभ कन्सर्टमा रमेको सडक महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो । आइतबार लोकदोहोरी तर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जिवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुती रहेको थियो । त्यसै गरि हास्य कलाकार सापटे र भटभटेले मनोरञ्जन प्रदान गरेका छन् ।

लाइभ कन्सर्ट तर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुतीमा रमाएका छन् । सोमबार लोकदोहोरी तर्फ प्रिती आले, निशा पोख्रेल, सिता परियार, कमला ग्रैहे, बसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुती रहने छ । त्यसै गरि हास्य कलाकार तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुती रहने बरालले बताउनुभयो । साँझ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुती रहने छ ।

सडकमै खाऊ, सडकमै रमाऊ, भन्ने नाराका साथ भएको महोत्सवमा रेष्टुरेण्टहरु सडक पेटि मै राखेर लेकसाइडलाई झिलिमिलि बनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू