अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

मकवानपुरमा जिप दुर्घटना, ५ जनाको ज्यान गयो, ४ घाईते

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:२५ मा प्रकाशित

मकवानपुरमा भएको यात्रुवाहक जीप दुर्घटनामा ५ जनाको ज्यान गएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिप शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका–३ ओखरेडा नजिक दुर्घटना भएको थियो । चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नं को शिखरापुर टाटा सुमो अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा चन्द्रपुर नगरपालिका– ४ का केदारनाथ तिमलसिना, चन्द्रपुर— ४ कै मनिष बिक उनकी श्रीमती सृजना बिक, नेत्रबहादुर बिक र उनकी श्रीमतीको रहेको प्रहरीले जनाएको छ । अन्य ४ जना घाइतेलाई उपचारका लागि काठमाडौतर्फ पठाइएको छ । सो टाटा सुमोमा चालकसहित ९ जना सवार थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू