अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

करको दर वृद्धि गरेर रकम संकलन बढाउने पक्षमा सरकार छैन– अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ पुष १० गते ७:१९ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको करको दर वृद्धि गरेर संकलन रकम बढाउने पक्षमा सरकार नरहेको दाबी गर्नुभएको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा मन्त्री खतिवडाले आर्थि विधयेक ल्याउने समयमा नै करको दरले राजस्व बढ्दैन भन्ने कुरा सरकारले मनन् गरेको र दर बढाउने पक्षमा सरकार नरहेको बताउनुभयो ।

खतिवडालाई दर बढाईएको तर राजस्व छली नियन्त्रण गर्न नसकेको कारण कम राजस्व उठेको भन्दै सांसदहरूले आलोचना गरेपछि उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खतिवडाले राज्यको कानुन मान्ने र नियमसंवत कर तिर्नेलाई सरकारले सम्मान गरे पनि गल्ती गर्नेलाई कारबाही गर्नलाई कानुन चाहिएको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाबाट सुझावसहित राष्ट्रियसभामा प्रवेश गरेको विषय रहेको उल्लेख गर्दै उहाँले सरकारको दृष्टिकोण यस्तै रहेको बताउनुभयो । करको अत्यधिक दर बढाउँदा चुहावट हुनसक्छ भनेरै सरकारले तिनीहरूलाई व्यवस्थित गर्दै गरेको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया