अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

राष्ट्रपति भण्डारीसँग भारतीय राजदुत पुरीको बिदाई भेट – आपसी हितसहितका बिषयमा कुराकानी

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:३७ मा प्रकाशित

राष्ट्रपति बिद्यादेवी भण्डारीसँग नेपालका लागि भारतीय राजदुत मञ्जीभसिंह पुरीले बिदाई भेटबार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदुत पुरी आज शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग बिदाई भेट गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका बिज्ञप्तीमार्फत दिनुभएको जानकारी अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको छ । बिदाई भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन खेलेको भुमिकाको प्रसंशासहित बधाई दिनुभएको थियो ।

भारतीय राजदुत पुरीले आजै प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू