अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

सुनसरीमा प्रहरीद्धारा एउटा एसएमजी र त्यसमा लाग्ने ९९८२ थान गोली बरामद

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३३ मा प्रकाशित

सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–५ एकताटोलस्थित खेम प्रधानको कुखुरा फार्मबाट (सबमेसिन गन), त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ फेला पारेको छ । फार्मको जग मुनि लुकाएर राखेको अवस्थामा आइतबार एसएमजी र त्यसमा प्रयोग हुने गोली ९ हजार ९ सय ८२ थान फेला परेको सुनसरीका प्रहरी उपरिक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा प्रधानको कुखुरा फार्म खानतलासी गर्दा एसएमजी, गोली र विस्फोटक पदार्थ फेला परेको उहाँले बताउनुभयो । हतियार र गोली पहिला नै गाडेर राखिएको जस्तो देखिएका एसपी पोखरेलको भनाई छ । अहिले अत्याधुनिक हतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको स्थल आसपास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको बराहक्षेत्र–५ साविक भरौल गाविसमा पर्दछ । कुखुरा फार्म संचालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको गाउँलेहरुले बताएका छन्। प्रहरीले ती हतियार कसलेर कहिले लुकाएको भन्ने प्रष्ट पारेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू