अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 05:19

भारतीय निर्देशकको निर्देशनमा नेपाली गीतको भिडियो निर्माण

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:०८ मा प्रकाशित

नेपाली साङ्गीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत ” मर्छु कि क्या हो ” सार्वजनिक भएको छ । हाल भारतको मुम्बईमा सांगितक र अभिनयको कक्षा लिई रहनु भएको गायिका आश्मी रिसाल र गायक सुरेश शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा सङ्गीत पनि सुरेश शाहीको नै रहेको छ ।

यस गीतमा भारतमा नै मोडलिङ र अभिनय गर्दै भारतको विभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदी लाई फिचर गरिएको छ ।भारतमा नै विभिन्न लघु चलचित्र निर्देशन तथा टेलिचलचित्रहरुमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियो ग्राफ तथा निर्देशन गरेका हुन ।राम्रो सँग नेपाली पनि नबुझ्ने निर्देशक सिन्धेले यस गीतलाई निकै राम्रो तरिकाले बनाएका छन् ।

सिन्धेले यस गीतको भिडियो निर्माण गर्न आफूले धेरै नै नेपाली गीतहरूको भिडियो हेरेको र त्यस भन्दा फरक बनाउन खोजेको उनले बताए । मेरो पहिलो कोसिस हो यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ ।किनकि मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागी चुनौती रहेको उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू