अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

ईयूको कालोसूचीबाट निस्कन नागरिक उड्डयन प्राधिकरणको निर्णायक तयारी

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:१५ मा प्रकाशित

लामो समयदेखि वहसमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत परिवर्तनको प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रुपमा टुक्राउने गरी तयार पारेको प्रतिक्षित विधेयक मन्त्रीपरिषदमा दर्ता भएको छ ।

नेपालमा एउटै निकायले उड्डयन क्षेत्रको सञ्चालन र नियमन गर्दै आएको कारण देखाएर यूरोपेली यूनियनले नेपाली वायूसेवालाई कालोसूचीमा राखेकाले पनि यो विधेयक प्रतिक्षित बनेको हो । विधेयक संसदको आगामी अधिवेशनमै दर्ता गर्ने योजना रहेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो । संसदबाट पारित भएपछि विधेयकले ऐनको रुपधारण गर्नेछ । ऐन पारित भएर आएपछि प्राधिकरण कानूनी रुपमा छुट्टिनेछ ।

सरकारले करीव ६ वर्षदेखि यस ऐनका लागि गृहकार्यमा करोडौं रुपैयाँ बजेट खर्च गरे पनि ऐन ल्याउन भने सकिरहेको थिएन । गत साउनमा मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्विकृति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू