अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

कांग्रेस नेता रामचन्द्र पौडेलद्धारा पार्टी बैठक बहिष्कार गरेर पाथीभराको दर्शन

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:२३ मा प्रकाशित

नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पाथीभरा दर्शन गर्नुभएको छ । उहाँले केन्द्रीय समितिको बैठक बस्ने नबस्ने बारे आफूलाई थाहा नभएको र आफू पाथीभरा दर्शनको लागि गएको बताउनुभयो । ‘केन्द्रीय समितिको बैठक बस्ने नबस्ने मलाई होइन सभापतिज्यूलाई सोध्नुस म चाहिँ पाथीभरा दर्शनको लागि गएको छु,’ पत्रकारसंग कुराकानी गर्दै उहाँले भन्नुभयो ।

पौडेल आज नै काठमाडौँ फर्कने स्रोतले बताएको छ । आज विहान कांग्रेसका महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि छलफल गरे पनि उक्त छलफलले पनि सहमति जुटाउन सकेन । पौडेल पक्षका नेताहरुले महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेका छन्। उपसभापति निधिसँग छलफल गरेका महामन्त्री कोइरालाले वरिष्ठ नेता प्रकाशमान सिंहसँग छलफल गर्नुभएको थियो ।

दुई नेताको छलफलपछि पौडेल समुह केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने सहमति भएको प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले बताउनुभयो । गत बिहीबारको बैठक बहिष्कार गरेको पौडेल पक्षलाई फकाउन शनिबार बिहानै सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू