अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

धनुषा बम विस्फोटमा संलग्न भएको आशंकामा २ जना पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:५८ मा प्रकाशित

धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव समूहसँग आबद्ध रहेको स्रोतको दाबी छ। मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गरिँदै आएको थियो। ‘पक्राउ परेका एक व्यक्तिले पनि मृतक साहसँग रकम लिएको थियो’, स्रोतले भनेको छ, ‘लिएको ऋण तिर्न मृतक साहले पटकपटक दबाब दिँदै आएका थिए। सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ।’ पक्राउ परेका अर्का व्यक्ति विप्लवसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्क रहेको बताइएको छ।

विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। घटनामा घाइते साहकै तीन आफन्तको उपचार धरानमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू