अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

मुलुकमा अपराध र दण्डहिनता बढ्यो – अनुपराज शर्मा

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ३:०० मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताउनुभएको हो । निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रनितिधिहरु सत्तामा भए पनि निष्कृय रहनु दुःखद भएको उहाको भनाई थियो ।

‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, शर्माले भन्नुभयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै शर्माले हतियारको नभइ विचारको लडाईँ लड्ने समेत बताउनुभएको छ ।अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरि निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू