अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

केपी ओलीका पालामा सीमा मिचिएको हैन – उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:४४ मा प्रकाशित

नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सीमा नमिचिएको बताउनुभएको छ । छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको उहाँले बताउनुभयो । सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

पहिला नक्सामा लिम्पियाधुरासम्मै नेपालको भएको तर पछि गायब भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । अभियानकर्मीहरूसँगको भेटमा उहाँले नक्सा विवादलाई सीमा विवाद समाधान गर्ने अवसरको रुपमा बदल्न सकिने उल्लेख गर्नुभयो । अभियानका संयोजक भैरव रिसाल, डा. द्वारिकानाथ ढुंगेल, सोनाम साथी, हिरण्यलाल श्रेष्ठ, कमल बराल लगायतले सुगौली सन्धिअनुसारको पश्चिम नेपालको सीमा कायम भएको नक्सासहित उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू