अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

मोडल अनामिका कार्कीको मोडलिङ मोह

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ११:१९ मा प्रकाशित

काठमाडौँ: मोडल अनामिका कार्की नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नव मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ । सिनेनगरीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन अनामिका । राजधानी काठमाडौँ सहर, सपनाको सहर जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन्, त्यसै सपना सँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात् मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रङ्गिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान् नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमाआफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडी बढ्दै गरेकी नव मोडल हुन अनामिका कार्की अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरूप मेहनत पनि गरी रहेकी छिन ।

सुदूरपश्चिम कन्चनपुरमा जन्मथलो भएर विगत २ वर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउँदै सिनेनगरीमा सङ्घर्ष गर्दै आएकी मोडल अनामिकाले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त मोडल अनामिका सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् l अनामिका हेर्दा पनि निकै आकर्षित हाँसी रहने शालीन स्वभावकी छिन । मोडल अनामिका भन्छिन् यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनी बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनामिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन । अनामिकाले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारियर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन् मानव जीवन भनेको सङ्घर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा सङ्घर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडी बढेको कुरा पनि मोडल कार्की बताउछिन ।

प्रतिक्रिया