अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

कास्की २ मा मतगणना जारी, नेकपा उम्मेदवार विद्या भट्टराई फराकिलो मत अन्तरले अगाडि

बिआरटीनेपाल २०७६ मंसिर १४ गते २२:४३ मा प्रकाशित
प्रतिनिधि सभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । निर्बाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ ।

उहाले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । महानगरका  वडा नं ३३ र २१ को  मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।

निर्वाचन आयोगका अनुसार ७१ हजार आठ सय ७१ जना मतदाता रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू