अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

केशर महलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

बिआरटीनेपाल २०७६ मंसिर १४ गते १०:१६ मा प्रकाशित

काठमाडौँ, २०७२ वैशाखको भूकम्पबाट क्षति ग्रस्त कान्तिपथस्थित केशर महलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गर्नुभयो । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ । आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरूप कायम राखी भूकम्प प्रतिरोधी हुने गरी प्रबलीकरण गरिने बताउनुभयो ।

निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिनुभयो । परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.ली., एस.डब्लु. नेपाल प्रा.ली. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.ली. को जेभी छनौट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू