अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

हुम्लाको सिमकोटमा टिपर दुर्घटना ३ जनाको मृत्यु, ७ जना घाईते

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ६:४७ मा प्रकाशित

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ को लाग्नामा टिपर पल्टिदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । लु ४ ख ३२६९ नम्बर टिपर पल्टिदा अन्य ७ जना घाईते भएका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा एक निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ्ग लामा एक जना महिला नोरी लामा रहेका छन् । अन्य सात जना घाईतेको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

मृत्यु हुने तिनै जनाको नाम्खा गाउँपालिका हेक्पा गाउँका हुन् । घाईते सात जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू