अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मङ्सिर २७ मा हुँदै

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ८:२९ मा प्रकाशित

काठमाडौं: रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मङ्सिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटेलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो ।

रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सानिमा बैङ्क इन एसोसिएसन विथ बाबा सनफ्लावर आयल रहेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले जानकारी गराए ।

कार्यक्रममा डिसहोमका डिजीएम सञ्जय राजभण्डारी र सानिमा बैङ्कका चिफ डिपोजिट अफिसर बोबी सिंह गडतौलाले आफूहरूले कान्तिपुर नेशनल म्युजिक अवार्डसँग सहकार्य गरेको बताउँदै यो अवार्डले गीत सङ्गीतका स्रष्टाहरूलाई अझ हौसला प्रदान गर्ने बताए ।

अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन् । त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएका एक जना मूर्धन्य सङ्गीत साधकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशि एक लाख रुपैयाँ समेतको रहेको छ । त्यस्तै पिपल्स च्वाइस् अवार्डको चयन श्रोताको सहभागिता गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी गराए ।

डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन छान्न वरिष्ठ गीतकार चूडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो ।

अवार्ड कार्यक्रमको सेलिब्रेसन पार्टनरहरूमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लाइफ इन्सुरेन्स, कनेक्ट आईपीएस ई-पेमेन्ट सिस्टम, गुडलाईफ बिस्कुट, टु पीएम नुडल्स, प्योरेक्स लन्ड्री सोप, केएनपी पेन्ट्स र जेजे ज्वेलर्स् रहेका छन् ।

प्रतिक्रिया