अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

क्यान महासङ्घ निर्वाचनः कुँवर समूहका १६ जना र पाण्डे समूहका ४ जना निर्विरोध

बिआरटीनेपाल २०७६ मंसिर ३ गते १२:४२ मा प्रकाशित

पाण्डे समूहबाट आफ्नै उम्मेदवार विरुद्ध उम्मेदवारी

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि सम्बद्ध व्यक्ति, व्यवसायी र सङ्घसंस्थाहरूको छाता सङ्गठन कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको निर्वाचनका लागि मङ्गलवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । सूचना प्रविधि व्यवसायीहरू दुई वटा प्यानलमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना घिमिरे पाण्डेबीच प्यानलै चुनावी दौडमा रहेको छ ।

एक जना अध्यक्ष र ३८ जना सदस्यको निर्वाचनका लागि विभिन्न समूह गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । अन्तिम नामावली अनुसार कुँवर पक्षका १४ जना र पाण्डे पक्षका ४ जना निर्विरोध भएका छन् ।

महासङ्घको विधान अनुसार जिल्ला शाखाबाट प्रत्येक प्रदेशबाट २र२ जनाका दरले १४ जना, संस्थागत सदस्यबाट पुरुष तर्फ ४ महिला तर्फ ३ जना, संस्थागत आजीवन सदस्यबाट ३ जना, व्यक्तिगत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, व्यक्तिगत आजीवन सदस्यबाट ३ जना र विषय गत सदस्यबाट ४ जना गरी जम्मा ३८ जना निर्वाचित हुनेछन् । मङ्गलवार प्रकाशित अन्तिम नामावलीबाट विषयगततर्फ कुँवर पक्षका बिषयगत तर्फ नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध निर्वाचित भएका छन् । प्रदेशतर्फ दीपेन्द्रकुमार सिंह र भूपालदास श्रेष्ठ प्रदेश २, रेसम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुङ्गाना सुदूरपश्चिम प्रदेशबाट, ठाकुरकुमार श्रेष्ठ र भूपेन्द्र मैनाली प्रदेश नं। १ बाट निर्विरोध भए ।त्यस्तै संस्थागत महिला तर्फ कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् भने व्यक्तिगत महिला तर्फ कुँवर पक्षबाट सुस्मा शर्मा र गुण केशरी प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

संस्थागत समूहमा कडा प्रतिस्पर्धा
संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि जम्मा ८ जनाको उम्मेदवारी परेको छ । कुँवर समूहका राजन कर्माचार्य, आलोककुमार मालु, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल र उम्मेदवार रहँदा पाण्डे समूहका रणजितकुमार पोदार, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धरको उम्मेदवार रहेका छन् । त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नवीन जोशी र डा। पवनकुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परेको छ ।

व्यक्तिगत साधारण समूह पुरुष तर्फ ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ । व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा। डा। सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन् ।

जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रूपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।

पाण्डे समूहबाट आफ्नै उम्मेदवार विरुद्ध उम्मेदवारी
लेखा समितिको ३ पदका लागि जिल्ला शाखाबाट कुँवर समूहमा भीमसेन गिरी र पाण्डे समूहबाट प्रशान्त टण्डन, संस्थागत समूहमा कुँवर पक्षबाट लक्ष्मण यादव र पाण्डे पक्षबाट केशव भट्टराई र व्यक्तिगत समूहमा कुँवर समूहबाट हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट दुई जना राजु कट्टेल र नारायणप्रकाश भुजू को उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू