अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

उपनिर्वाचन– दलहरुलाई निर्वाचन चिह्न प्रदान, चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३४ मा प्रकाशित

स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार, धरान उपमहानगरपालिकाको प्रमुुखका लागि २३, पाँचथरको फाल्गुुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । हुुम्लाको खर्पुुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू