अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

सृजनाचोकसहित पोखराका मुख्य चोकहरुमा आकाशेपुल बनाउँछौं – विद्या भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:२२ मा प्रकाशित

प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले पोखराको सृजनाचोकसहित पोखराका मुख्य चोकहरुमा आकाशेपुल बनाउने घोषणा गर्नुभएको छ । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा आयोजित कोण सभामा बोल्दै उम्मेद्वार विद्याले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्नका लागि पोखराको सृजनाचोकसहित सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोकलगायतका मुख्य चोकहरुमा आकाशेपुल निर्माण गर्ने बताउनुभएको हो ।

आफ्ना स्वर्गिय पति रवीन्द्र अधिकारीको सपना समृद्ध पोखरा, पर्यटकीय पोखरा बनाउने रहेको उल्लेख गर्दै उहाँले ति अधुरा सपना र योजना पूरा गर्न उम्मेद्वार बनेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । सृजनाचोकबाट विहान शुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगाहुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू