अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

भौगोलिक अतिक्रमण र अखण्डताको लागि एकजुट हौँ

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते १०:५० मा प्रकाशित

काठमाडौँ: पछिल्लो समयमा भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत अन्य भूभागलाई आफ्नो नक्सामा आधिकारिक रूपमा समावेश गरेकोप्रति नेपाल चलचित्र कलाकार सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको सम्प्रभुतामाथि भारतले गरेको अतिक्रमणबाट सिङ्गो देश आक्रान्त र क्षुब्ध छ । राष्ट्रिय स्वाधीनताको रक्षाको लागि आम नेपाली जनता भारतीय रवैया विरुद्ध एकजुट हुनु आजको आवश्यकता बनेको छ । यस संवेदनशील परिस्थितिमा नेपाली चलचित्र क्षेत्रका सम्पूर्ण कलाकारहरू भौगोलिक अतिक्रमण र अखण्डताको लागि जस्तोसुकै बलिदानी गर्न तयार रहेको स्पष्ट पार्न चाहान्छौं ।

इतिहासमा प्रस्ट रूपले छुट्ट्याइएको नापी नक्साको प्रमाणलाई आधार मानी दुई देशबिच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा, ऐतिहासिक दस्ताबेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको कदमको घोर भर्त्सना गर्दछौँ ।

प्रतिक्रिया