अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मन्त्री बिष्टको आग्रह

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:४३ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गर्नुभएको छ । आज सहकारीमा काम गर्ने कर्मचारिलाई लक्षित गरि आयोजना गरिएको एक दिने सामाजिक सुरक्षा योजना कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैलाई कोषमा आवद्ध हुन आग्रह गर्नुभएको हो ।

नेपाल सरकार लक्ष्य नै नागरिकलाई गरिबी तथा अभावबाट मुक्त गर्नु भएको उल्लेख गर्दै मन्त्री बिष्टले श्रमिकको हकहितका लागि सुरक्षा कोषको सुरूवात गरिएको बताउनुभयो । साना किसान सहकारी बैंकका प्रमूख कार्यकारी अधिकृत (सिईओ) डा. शिवराम कोईरालाले कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारले सुजबुजका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभो । उहाँले सामाजिक सुरक्षा योजनाबाट अवकासपछिको जीवन समेत सुरक्षित रहेको दाबी गर्नुभयो ।

त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहाकारी संघ (नेस्फुन)का अध्यक्ष डीबी बस्नेतले निजी क्षेत्रभन्दा सहकारीबाट छिटो सामाजिक सुरक्षा कोषमा सहभागिता हुने बताउनुभयो । उहाँले सहकारीमा काम गर्ने कर्मचारीले पनि पेन्सन पाउँछन् भन्न पाउनु नै गर्वको विषय भएको बताउनुभयो । अहिले सहकारीमा करिब २९ लाख आवद्ध छन् । सरकारले गत वर्ष मंसिर १ गतेदेखि सामाजिक सुरक्षा योजना कार्यान्वयन सुरू गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू