अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थप्ने राज्य ब्यवस्था समितिको निर्णय

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:०९ मा प्रकाशित

निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संसदको राज्य व्यवस्था समितिको आज बसेको बैठकले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो । हरेक वर्ष ६/६ महिना थपिने र २०२१ सालदेखि मात्र पूर्ण लागू हुने गरी कानुनी व्यवस्था गर्ने समितिले निर्णय गरेको छ । निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद यसअघि ५८ वर्ष थियो ।

एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक–फरक भएको भन्दै एउटै बनाउने पहल हुँदै आएको थियो । अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू