अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

भारतकै भूमि मात्र नक्सामा देखाइएको विदेश मन्त्रालयको भनाई

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३० मा प्रकाशित

भारतले नेपालसँगको सिमानामा कुनै परिवर्तन नभएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले आज पत्रकार सम्मेलन गर्दै नयाँ नक्साले भारतको सार्वभौम भूभागलाई मात्र दर्शाएको उल्लेख गर्नुभयो । विदेश मन्त्रालयका प्रवक्ताको ‘नयाँ नक्साले भारतको सार्वभौम भूभाग मात्र दर्शाएको’ भन्ने भनाइले मिचिएको नेपाली भूभाग भारतकै रहेको दावी घुमाउरो रूपमा गरिएको छ ।

नयाँ दिल्लीस्थित शास्त्री भवनमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कुमारले नेपालसँग सीमासम्बन्धी विषयमा विद्यमान संयन्त्रले काम गरिरहेको बताउँदै मित्रवत र निकट द्विपक्षीय सम्बन्धको भावनाअनुसार संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता दोहोर्याउनुभयो । नेपाल–भारतबीच विवाद ल्याउने स्वार्थबाट प्रेरित मनसायविरुद्ध एक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू