अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

अझै केही वर्ष व्यापार घाटा कायमै रहन्छ – मन्त्री यादव भिडियो

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०५ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनुभयो । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म मुलुकले आफ्नै उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्ट पार्नुभयो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । नेपाल बनाउन नेपाली आफैले सोच्नुपर्ने मन्त्री यादवको भनाई थियो ।

यादवले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिएपनि आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई सम्वृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो । देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको उहाको भनाई थियो । सबैभन्दा महँगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहने मन्त्री यादवको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू