अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

डा. गोविन्द केसीद्धारा डडेलधुरामा अनशन शुरु

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ८:११ मा प्रकाशित

चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले डडेल्धुरामा अनशन सुरु गर्नुभएको छ । डा केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा १७ औं अनशन सुरु गर्नुभएको हो । सोमबार बेलुकी ५ बजेदेखि सदरमुकामको तुफानडाँडामा अनशन सुरु गरेका डा. केसीले सात बुँदे माग अघि सार्नुभएको छ ।

पूर्वघोषणा अनुसार डा. केसी अनशन बस्न सोमबारै कसैलाई जानकारी नदिई डडेल्धुरा पुग्नुभएको थियो । अनशन बस्नुअघि डा. केसीले डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराउनुभएको थियो । डा. केसी डडेल्धुरा अस्पतालको एक सय मिटर दुरीमा रहेको निर्मल क्लिनिक फार्मेसी भएको घरमा अनशन बस्नुभएको छ । अनशन बस्नुअघि डा. केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए। सरकारलाई सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

सम्झौता अनुसार नै चिकित्सा शिक्षा ऐन संशोधन गरी जारी गर्नुपर्ने, आन्दोलनरत विद्यार्थीका माग पूरा गर्दै अवैध रुपमा असुल गरिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका सात बुँदे माग राख्दै उहाँले अनशन सुरू गर्नुभएको हो । यसभन्दा पहिला पनि डडेल्धुरा आएका बेला डा. केसीले पूर्वप्रधानमन्त्री देउवाको गृह जिल्लामा अस्पतालको अवस्था देखेपछि चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू