अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

पुर्व वाल लडाकु लेनिन बिष्टलाई फर्काउने सरकारको निर्णय गैरकानुनी

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:५६ मा प्रकाशित

थाइल्यान्ड जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका पूर्व माओवादीका बाल लडाकु लेनिन बिष्टलाई फर्काउने सरकारको निर्णय गैरकानुनी भएको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज फैसला सुनाउँदै गैरकानुनी रूपमा विष्टलाई फर्काइएको ठहर गरेको हो ।

विष्टलाई गत २०७५ भदौ ८ मा विमानस्थलवाट फर्काइएको थियो । सरकारको उक्त निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा मुद्दा हाल्नुभएको थियो । मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले विष्टको पक्षमा रिट जारी हुने आदेश सुनाएको हो । यसअघि बिष्टलाई फर्काउनु पर्नाको पर्याप्त आधार खुलाएर जवाफ दिन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अध्यागमन कार्यालयको नाममा आदेश जारी भएको थियो ।

एउटा कार्यक्रममा सहभागी हुन थाइल्यान्ड जान लागेका बेला पूर्व माओवादीका बालसैनिक बिष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएपछि गृहमन्त्री रामबहादुर थापा विवादमा तानिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू