अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

अध्यक्ष प्रचण्डसंग दुरी बढेको छैन– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:५५ मा प्रकाशित

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी कत्तिपनि नबढेको बताउनुभएको छ । असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रचण्डसँग दुरी बढाउने खेल सफल नहुने र त्यो संभव समेत नरहेको प्रष्ट पार्नुभयो ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग आफ्नो दूरी बढ्ने कुनै अवस्था नरहेको उदघोष गर्नभएको हो । काठमाडौं हुँदा भन्दा बाकुमा रहँदा दुरी टाढा भएपनि त्यसवाहेक आफुहरुबीच कुनै दुरी नवढेको प्रधानमन्त्रीको भनाई थियो । अध्यक्ष प्रचण्डसंग कुनै प्रकारको दूरी बढ्ने सम्भावना र अवस्था दुवै नरहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्यममा आइरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको प्रष्ट पार्नुभएको हो । उहाँले आफुहरुबीच दुरी बढाउन चाहनेको योजना र षडयन्त्र पनि सफल नहुने बताउनु भयो । अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीको उच्च सम्मान गर्दा कसैले टाउको दुखाउन नपर्ने यथार्थ पनि प्रधानमन्त्री ओलीले सुनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू