अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

आलममाथि अनुसन्धान गर्न थप ८ दिनको म्याद थप

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:०९ मा प्रकाशित

बम बिस्फोटको घटनामा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत गौरले थप अनुसन्धानको लागि शुक्रबार ८ दिनको म्याद थपेको छ । रौतहट जिल्लाको राजपुरमा भएको घटनाको अनुसन्धानका लागि उहाँलाई म्याद थपेको यो तेस्रो पटक हो । न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको लागि म्याद थपको आदेश भएको हो।

गत असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले घटनाका प्रत्यक्षदर्शीसहित जोडिएकाहरुसित सोधपुछ गरेको छ । घटनामा सरुअठाका तृलोकप्रताप सिंह र ओसी अख्तरलाई जिउँदै जलाएर मारेको भन्दै आलममाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो। पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

आलम १३ दिनदेखि प्रहरी हिरासतमा हुनुहुन्छ । घटनाबारे अनुसन्धानमा केही बाँकी रहेकाले म्याद थप भएको जिल्ला प्रहरीका एसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो अनुसन्धानको क्रममा केही विषयवस्तु बुझ्न अझै बाँकी रहेकोले म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू