अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा १ जनाको मृत्यु, २ जना घाइते

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:११ मा प्रकाशित

अन्नपूर्ण पदमार्गमा हिउँको ढिस्कोले पुरिएर १ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका युवाको हिउँको ढिस्को खसेर पुरिएर ज्यान गएको कास्की प्रहरीले जनाएको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–५ पस्र्याङ्गका १९ बर्षीय सञ्जय खनाल को हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा ज्यान गएको हो।

बगर चौकीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार हिउँको ढिस्कोले पुरिएका खनालको घटनास्थलमै ज्यान गएको हो। खनालसँगै पदयात्रामा गएका पस्र्याङ्गकै निरञ्जन कोइराला (१८) र पोखरा–११ फूलबारीका सन्तोष बास्तोला (२०) घाइते भएका छन्। कोइराला र बास्तोलाको अवस्था सामान्य रहेको छ । घाइते हरुको हेलिकोप्टरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

मृतक खनालको भने खराब मौसमका कारण हेलिकोप्टर जान नसक्दा शव ल्याउन नसकेको प्रहरीले जनाएको छ । ती युवाहरु एबिसीसम्मको पदयात्रामा गएका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का घान्द्रुकस्थित प्रमुख विदुर कुँइकेलका अनुसार बुधबार घटना भएको ठाउँ पदयात्राको जोखिमक्षेत्रमा पर्छ। अन्नपूर्ण गाउँपालिका–११ को देउराली र माछापुच्छ्रे आधारशिविरको बीचभागमा घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू