अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

चितवन मेडिकल कलेज तोडफोडः चिकित्सक संघद्वारा भत्र्सना

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:४९ मा प्रकाशित

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा गरेको तोडफोडको नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले आपराधिक मानसिकता बोकेका व्यक्तिहरुले उपचारकाक्रममा भएको घटनालाई लिएर तोडफोड गर्ने र चिकित्सकहरुलाई लखेटी–लखेटी हातपात गरिएको भन्दै भत्र्सना गरेको हो ।

संघले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाही गर्नसमेत माग गरेको छ । यस्तै, चिकित्सक संघ चितवनले पनि घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । चिकित्सक संघले माग पूरा गर्न २४ घन्टे ‘अल्टिमेटम’समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू