अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

डोटीमा बस दुर्घटना,कम्तीमा १० जना घाइते

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:३१ मा प्रकाशित

डोटीमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

शनिवार अपरान्ह डडेल्धुराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस जोरायल गाउँपालिकास्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरूलाई उपचारको लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको छ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू