अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:१९ मा प्रकाशित

राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यसअघि सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यानमारको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यानमारकोे राजकीय भ्रमणमा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू