अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

लोकतन्त्र मास्ने गतिविधिमा पुष्प कमल दाहाल ‘प्रचण्ड’कै संलग्नता: ज्ञानेन्द्र शाही

बिआरटीनेपाल २०७६ असोज ३० गते ६:५९ मा प्रकाशित

काठमाडौँ – नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले लोकतन्त्र मास्ने गतिविधिमा पुष्प कमल दाहाल ‘प्रचण्ड’कै संलग्नता रहेको बताएका छन् ।

सूत्र टिभीको ‘सूत्र बहस’सँगको कुराकानीमा शाहीले अहिले नेकपाका कायकर्ताहरु अराजक भएको बताउँदै गुण्डागर्दी शैलीमा पटक–पटक आफूहरूमाथि आक्रमण भएको बताए ।

‘हामी सरकार र व्यवस्था विरोधी हैन तर, संविधान विरोधी तत्वहरुविरुद्ध हो । विधिमा काम गराउन र सरकारलाई कानुनी दयाराम ल्याउने अभियानमा लागेका हौँ ।’

उनले देशमा भ्रष्टाचार मौलाई रहेका कारण नेपालका लागि नेपालीले पञ्चायतदेखि अहिलेसम्म भएको भ्रष्टाचारको छानबिन गर्ने उनको भनाई छ ।

शाहीले भ्रष्टाचार विरुद्ध प्रत्येक व्यक्ति जाग्नु पर्ने बताए । देशमा प्रत्यक्ष जनताद्वारा चुनिएको व्यक्ति सरकारमा रहनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् । केही समयअघि शाहीमाथि चितवनमा युवाहरूको समूहले आक्रमण गरेको थियो ।

भिडियो:

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू