अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

नेकपाको चियापान सम्पन्न

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२८ मा प्रकाशित

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्र्टी नेकपाले दशैंतिहार, छठ तथा नेपाल सम्वतका अवसरमा बुधवार चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

भृकुटीमण्डपमा आयोजित चियापानमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपीशर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेकपा शीर्ष नेताले आगन्तुकलाई स्वागत गरेका थिए ।

विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको चियापानमा नेकपा नेता÷ कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यक्रमलाई दुवै अध्यक्षले सम्बोधन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू