अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

विश्वका १०० प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२७ मा प्रकाशित

विश्वको प्रेरणादायी १०० महिला २०१९ को सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ । महिला सशक्तिकरण र पोषणका क्षेत्रमा शर्माले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिलो सूचीमा राखिएको छ । बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ ।

यस वर्ष सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक शर्मा उक्त सूचीमा पर्न सफल हुनुभएको हो । उहाँको संस्थाले कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न सुत्केरी आमाका लागि न्युट्रिबिड्स डिजाइन गरेको छ । यो एक किसिमको ब्रासलेट हो जुन विभिन्न रङका दानाबाट बनाइएको छ। सुत्केरी आमाले आफ्नो बच्चालाई के खुवाउने भन्ने सम्झाउन यस ब्रासलेटले मद्दत गर्छ।

शर्माका प्रोजेक्टहरूलाई युनेस्को मलाला कोषबाट केटीहरूको शिक्षाको अधिकारका लागि पुरस्कृत गरिएको छ। गृहिणी बन्न चर्को दबाबका बाबजुत पनि आमाको प्रेरणाले डिग्री हासिल गरी शर्माले महिला शिक्षा र तिनको सशक्तिकरणमा भूमिका खेलेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू