अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

एसिडपीडित मुस्कानलाई क्रिकेटरको साथ

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२७ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेटेका छन् । मुख्य प्रशिक्षक उमेश पटवालसहित खेलाडी पारस खड्का, सोमपाल कामी र अभिनास बोहराले पीडित बालिका मुस्कानलाई भेटेका हुन् ।

मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर पारससहितका खेलाडीले मुस्कानको साथ रहेको बताएका छन् । मुस्कानलाई भेटेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै पारसले एसिड आक्रमण जस्तो जघन्य अपराधमा संम्लग्नलाई कडा कारबाही गनुपर्ने सरकारसँग माग गर्नुभयो ।

मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्याउनुभएको हो । मुस्कानलाई बलिउड कलाकारले पनि साथ दिएका छन् । अमिताभ बचनसहितका कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएका थिए । मंगलबार मात्र अभिनेता राजेश हमालले मुस्कानलाई भेट्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू