अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

एनआरएनए नवौं विश्व सम्मेलन– ४१ पदको लागि ७७ जनाको मनोनयन दर्ता

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:१० मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौंैं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत आज ७७ जनाले मनोनयन दर्ता गराएका छन् । एक जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै चार उपाध्यक्षकालागि नौ जनाले मनोनयन दर्ता गराएका उहाँले बताउनुभयो । उहाँका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताकालागि चार बजेसम्मको समय दिइएको थियो । उम्मेदवारको टुंगो लागिसकेपछि मतदान सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्षमा सहमतिको प्रयास गरिएपनि सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो । ४१ जना पदाधिकारीका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन् । यसैविच एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक जनाको मात्र उम्मेदवारी परेको छ ।

संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन हुनुभएको छ । एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू