अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

नेपालका ४३ प्रतिशत बालबालिका कुपोषित–युनिसेफ

बिआरटीनेपाल २०७६ असोज २८ गते ८:०५ मा प्रकाशित

विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको युनिसेफले जनाएको छ । बालबालिका, खाना र पोषणको बारेमा मंगलबार जारी गरेको नयाँ प्रतिवेदनमा उसले यस्तो जनाएको हो । विश्वका बालबालिकाको अवस्था २०१९(बालबालिका, खाना र पोषण (द स्टेट अफ द वर्ल्डज चिल्ड्रेन २०१९– चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका वा २० करोडभन्दा धेरै(कम पोषण वा अधिक पोषणको शिकार भएको जनाएको छ।

६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झण्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिममा राखेको छ–युनसेफको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, नेपालका पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा छन्। त्यसैगरी, ६ महिनादेखि दुई वर्षसम्मका करीव ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन्। यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ, युनिसेफले भनेको छ ।

प्रतिवेदनले २१ औं शताब्दीका बालबालिकामा देखिएका सबै खालका कुपोषणको सबैभन्दा विस्तृत मुल्यांकन उपलब्ध गराएको छ। यसले कुपोषणको तेहेरो बोझलाई उल्लेख गरेको छ । सबै खालका कुपोषणको बढ्दो संकटलाई सम्वोधन गर्नका लागि, युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई निम्न उपायहरु अवलम्बन गर्न जरुरी आह्वान समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू