अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काद्वारा राजीनामा

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गर्नुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गर्नुभएको छ ।

’मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले विज्ञप्तिमा भन्नुभएको छ , ’नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’ उहाँ नेपालको टी– २० तथा एकदिवशीय दुवै टोलीका कप्तान हुनुहुन्थ्यो ।

सन् २००४ मा सिनियर टिमबाट डेब्यू गरेका खड्काले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हाल्नुभएको थियो । पारसको कप्तानीमा नेपालले २०१३ मा टी– ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेलिरहने बताईएको छ ।

प्रतिक्रिया