अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

कतार–नेपाली एकता समाज सहनीय एरिया समितिद्वारा कुमाललाई आर्थिक सहयोग

बिआरटीनेपाल २०७६ असोज २६ गते १२:१४ मा प्रकाशित

दोहा, पीडित रवि कुमाललाई कतार नेपाली एकता समाज सहानीया एरिया समितिले आर्थिक सहयोग जुटाई हस्तान्तरण गरेको छ । झापा जिल्ला बुद्ध शान्ति गाउँपालिका–५ का कुमाल ट्रयाक्टरबाट खसेर घाइते भएका थिए । गएको साउन १ गते धुलाबारीबाट ट्रयाक्टरमा चढी घर फर्कँदै गर्दा खसेका उनको पछाडिको चक्काले गम्भीर क्षति पुर्‍याएको थियो ।

कुमालको पारिवारिक अवस्था पनि कमजोर भएको हुँदा उपचारको लागि सकेको आर्थिक सहयोग जुटाई दिन आग्रह गरेकोले समितिका सचिव सरोज लावतीको विशेष पहलमा सहयोगी लक्ष्मण लामिछाने, तेज बहादुर कार्की, मुरारी पराजुली, विकास गुप्ता, जीवन कुमालले सहयोग गरेका थिए ।

यस्तै, प्रेम गुरुङ, इन्द्र वि.क, नवीन दंगाल, नवीन कुमार चौहान, कपिल दमाईले लगायतले पनि सहयोग गरेका थिए । उनीबाट सङ्कलित कतारी रियाल ८६६ नेपाल पठाउँदै माजका सचिव लावतीले सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू