अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

कांग्रेससंग फेरी सहकार्य हुनसक्छ– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:१० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससंग पुनः सहकार्य हुनसक्ने बताउनुभएको छ । कांगे्रसले आज दसैं, तिहार र छठको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले कांग्रेस संग पहिलापनि सहकार्य भएको र अवपनि सहकार्य हुन सक्ने संभावना औंल्याउनुभयो । कांग्रेसका नेताहरुसंग भेट्दा आफुलाई सहकर्मीहरुसंग भेटेजस्तो अनुभूति हुने गरेको प्रचण्डको भनाई थियो ।

भविष्यमा नेपाली राजनीतिले कोल्टे फेर्ने संभावना उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सहयात्रीकै रुपमा कांग्रेससंगको सम्बन्ध अगाडि बढ्ने विश्वास ब्यक्त गर्नुभयो । एकता र शान्ति प्रक्रियाको संकल्पका रुपमा कांग्रेससंगको सम्वन्ध सहयात्रीको रुपमा विकाश भएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू